महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप रु.५,००,००० (रु. पाँच लाख) सहयोग  गरेको छ । असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेकोले संस्थालाई सहयोग गरेको बैंकले जनाएको छ ।

बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । सो अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

jutta mela

देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

You might also like

Comments are closed.