काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरलाई पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बज्र्राचार्य तेस्रो हुन सफल भए । विजेताले प्रमाणपत्रका साथमा क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरे । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफर मार्फत विभिन्न फोटोहरू प्राप्त भएका छन् । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।
यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
Comments are closed.