महालक्ष्मी विकास बैंकका कर्मचारी सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई एक विशेष कार्यक्रमसहित सम्मान गरिएको छ ।

बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याए बापत ३६ जना कर्मचारीलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो । विभिन्न शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका कर्मचारीलाई बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।

कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकहरु लगायत अन्य कर्मचारी लगायत सहभागी थिए । सम्मानित कर्मचारीको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलद्धारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीमा नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला, आत्मविश्वास तथा सञ्चार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्यसहित गठन गरिएको हो । विकास बैंकमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ ।

जेठ महिनाभर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न भएका छन् । आगामी दिनमा बैंकले आफ्ना ग्राहकलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

 

You might also like

Comments are closed.