महालक्ष्मी विकास बैंकले गर्यो एनएफआरएस ०९ : अपेक्षित क्रेडिट घाटा कार्यान्वयन समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ : अपेक्षित क्रेडिट घाटा कार्यान्वयन गर्न सम्भmौता गरेको छ ।

बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ ः अपेक्षित क्रेडिट घाटा मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन तथा अनुपालन गर्न, वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्नेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

You might also like

Comments are closed.