काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिइने भएको छ ।
बैंकले ग्राहकलाई सेवा दिन स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्धेश्यका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्झौता गरेका संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग सम्झौता भएको कसमस रिट्रट्स प्रालि चावहिल काठमाडौंले जन्मदिन, विवाह, व्रतवन्ध, वार्षिकोत्सव, पार्टी लगायतका उत्सवका लागि केकको मुल्यमा १५ प्रतिशत, ३५ दिने बेकरी तथा पेस्ट्री तालिम शुल्कमा १० प्रतिशत, ३५ दिने फन्डक्ट तालिम शुल्कमा १० प्रतिशत छुट दिने भएको छ ।
यस्तै श्रीराम हस्पिटल प्रालि विरगञ्ज पर्साले ओ.पि.डि शुल्क ३० प्रतिशत, ल्याब शुल्कमा २० प्रतिशत, फार्मेसी, शल्यक्रिया तथा बेड शुल्कमा १० प्रतिशत, युएसजी, एक्स–रे, ईसीजी, इको शुल्कमा १० प्रतिशत, आमा सुरक्षा (सामान्य र सिजेरियन) शुल्क निःशुल्क रहनेछ ।
सि.एम.सी चुरे हस्पिटल हेटौंडा मकवानपुरले कानुनी मामिला बाहेकका अस्पताल सुविधाहरुमा २० प्रतिशत, कानुनी मामिला बाहेकका फार्मेसी सुविधामा ७ प्रतिशत, होटल भिषूवा प्रालि विरगञ्जले पर्सा पेयपदार्थ शुल्कमा १० प्रतिशत, रेस्टुरेन्ट शुल्कमा १५ प्रतिशत, पौडी र स्पा शुल्कमा ३० प्रतिशत, आवास शुल्कमा २० प्रतिशत छुट दिने जनाइएको छ ।
शितल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रालि नयाँ बानेश्वरले खाना तथा पेयपदार्थमा १४ प्रतिशत, अल्फा डेन्टल हेटौंडा मकवानपुरले सबै किसिमका दन्त सुविधामा १५ प्रतिशत छुट दिने गरी सम्झौता गरिएको छ ।
यस बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।






Comments are closed.