पोखरा । पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँको आयोजनामा महायज्ञ गरिने भएको छ । भवन निर्माण सहयोग कोष खडा गर्ने लगायतका विभिन्न सामाजिक कामका लागि महायज्ञ गर्न लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
आगामी मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म जनशक्ति टोलमा श्री गणेश महापुराण तथा धन–धान्याञ्चल ज्ञान महायज्ञ हुनेछ । गणेश महापुराण तथा धन–धान्याञ्चल ज्ञान महायज्ञ दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटा मुखार विन्दुबाट वाचन हुने बताइएको छ । क्लबले विभिन्न ८ उदेश्य सहित महायज्ञ गर्न लागेको महायज्ञ आयोजना कार्यक्रमका महासचिव हरी कार्कीले जानकारी दिए ।
बहुउदेश्यीय भवन निमार्ण गर्ने लक्ष्य रहेको पनि उनले बताए । महायज्ञमा आउने सहयोगले जेष्ठ नागरिक केन्द्र व्यवस्थापन, नगर स्तरीय केन्द्र व्यवस्थापन, नगर स्तरीय पुस्तकालय निमार्ण, शिक्षा, रोजगार, कृषि लगायत प्रशिक्षण कक्ष निमार्ण, पुराना सामाग्री प्रदर्सन कक्ष, नगर स्तरीय सहकारी कक्ष, असाहय अशक्त आदिलाई खाद्यान्न स्वास्थ्य तथा शिक्षामा सहयोग कोर्ष निमार्ण गर्न तथा आधुनिक टोल निमार्ण गर्नका लागि महायज्ञको आयोजना गर्न लागिएको कार्कीले जानकारी दिए ।
तल्लो जनशक्तिटोल विकास संस्थाका अध्यक्ष मनहरी सुवेदीले समाजमा केहि गर्न सकिन्छ की भन्ने हेतुले महायज्ञको आयोजना गर्न लागेको बताए तल्लो जनशक्ति टोल आमा समूहकी अध्यक्ष एलिना पराजुलीले महायज्ञको पूर्वसन्ध्यामा निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको बताइन् । उनले वडामा मात्रै नभई महानगर भित्रका सबै आमा समूह तथा क्लबहरुसंग सहकार्य गर्ने बताइन् ।
आमा समूहले देउसी भैलो देखि टोलमा हुने विभिन्न विवाह तथा शुभ कार्यबाट संकलन गरेको रकम समेत महायज्ञ जस्तो पुण्य काममा खर्चिन पाउँदा खुसी लागेको आमा समुहको सचिव कमला शाहीले बताइन् । शिविरमा ३२ जनाले सेवा लिएको आमा समूहकी कोषाध्यक्ष तारा ढकालले जानकारी दिइन् ।
मंसिर २६ गते विहान यज्ञस्थलबाट शोभा यात्रा सहित कार्यक्रम उद्घाटन हुनेछ । २७ गते देखि पुस ४ गतेसम्म सप्ताहव्यापी दैनिक कार्यक्रम हुनेछन् ।
Comments are closed.