मन्जुश्री फाइनान्सको आयोजनामा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । मन्जुश्री फाइनान्सले लिमिटेडको विभिन्न शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रम भएका छन् । बुटवल शाखामार्फत प्रारम्भ गरेको कार्यक्रम, बिरगञ्ज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका संघ संस्थालाई सहयोग गरेको छ ।

पोखरा शाखाले अमोर बालगृहलाई रु १ लाख बराबरको दैनिक आवश्यकताका सामग्री सहयोग गरेको छ । मुर्गिया शाखाले सैनामैना नगरपालिकाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पुस्तक वितरण गरेको छ ।

धरान शाखाले पञ्चकन्या माध्यमिक विद्यालय तथा सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रम सामाग्री वितरण गरेको छ । फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दिपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

आफ्ना विभिन्न शाखामार्फत फाइनान्सले सामाजिक दायित्वलाई पुरा गर्दै आएको छ भने आगामी दिनमा पनि समाजको उन्नतिको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ । मन्जुश्रीले हालसम्म २२ अर्व निक्षेप सङ्कलन गरी करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । १ लाख ५० हजार बढी ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.