काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ‘मेरो पहिलो बचत खाता’ नामक बचत खाता सार्वजनिक गरेको छ ।
वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकका लागि बिशेष ल्याइएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फबाट जम्मा गरिदिनेछ । वित्तीय पहुँचमा योगदान पुर्याउने मनसायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो ।
हालसम्म रु २२ अर्ब निक्षेप सङ्कलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक व्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म १ लाख ५० हजार बढी ग्राहकलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।
Comments are closed.