माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।

यस सेवामार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुले बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछन् । यस सेवामार्फत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् ।

उक्त सेवामार्फत स्वदेश र विदेशबाट सरल, सहज र सुरक्षित तरिकाले भिसा कार्डमार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछन् ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

You might also like

Comments are closed.