बिगमार्टका पोखरा शाखाहरुमा माछापुच्छ्रे बैंकबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

पोखरा । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा २०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारीमा रहेको बिगमार्टको शाखाहरुमा यो छुट प्राप्त हुनेछ ।

माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरि आफ्ना ग्राहकलाई छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको बैंकले जनाएको छ ।

jutta mela

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

 

You might also like

Comments are closed.