काठमाडौं । शुक्रबार बसेको माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ५६४ औं बैठकले शेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



Comments are closed.