‘चावहिल जुत्ता चप्पल मेला’ जारी, ६० प्रतिशतसम्म छुट उपलब्ध

काठमाडौं । स्वदेशी प्रतिष्ठित जुत्ता चप्पल उद्योगहरुद्वारा आयोजित ‘चावहिल जुत्ता चप्पल मेला’ जारी छ । चावहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजित मेलामा अवलोकनकर्ताहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ ।

मेलामा १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको आयोजक मध्यका एक व्यवसायी गंगा श्रेष्ठले जानकारी दिए ।

‘एक हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा उपलब्ध हुँदा ग्राहकले आफ्नो चाहना अनुसारका जुत्ता तथा चप्पल आवश्यकता अनुसार खरिद गर्न पाउने अवस्था छ,’ उनले भने । मेला अब सीमित अवधिका लागि मात्रै सञ्चालन हुने भएकाले जुत्ता चप्पल खरिद गरी लाभ लिन उनले आग्रह गरेका छन् ।

सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङको लागि मेला उपयुक्त स्थल बन्न सफल भएको आयोजको भनाइ छ । ‘मेला आयोजनास्थल आसपासका उपभोक्ताहरु विशेष गरी प्राथमिकताका साथ मेलामा आएको पाएका छौं,’ आयोजक सबिन कार्कीले भने, ‘आगामीमा दिन मेलामा अझै बढी भिड लाग्नेमा हामी विश्वस्त छौं ।’ स्वदेशी ब्राण्डलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यता आम उपभोक्तामा बढ्दैै गएकाले पनि मेलामा ग्राहकको आकर्षण देखिएको कार्की बताउँछन् ।

You might also like

Comments are closed.