अफरोड एसयूभी साइबर एक्स नेपाली बजारमा आउने

काठमाडौं । एमजीले सार्वजनिक गरेको अफरोड एसयूभी साइबर एक्स नेपाली बजारमा आउने भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामोन्ट मोटर्सले साइबर एक्स सन् २०२५ भित्रै नेपाल ल्याउने सम्भावना छ ।

एमजीले आगामी २ वर्षमा ८ वटा नयाँ मोडलको ईभी बजारमा ल्याउने घोषणा गरेको थियो । एमजीले यो वर्ष साइबर एक्सको अलावा एक नयाँ कम्प्याक एसयूभी र सेडान कार समेत लन्च गर्दैछ । एसयूभीको टेक्निकल डिटेल्स भने बाहिर ल्याएको छैन । कम्पनीले एक्सटेरियर देखाए पनि यसको इन्टेरियरको बारेमा केही बोलेको छैन ।

यो एसयूभीमा अन्य भन्दा फरक पपअप डिजाइनको हेडलाइट रहेको छ । जुन गाडी बन्द गर्दा बडीमा रिट्रयाक हुन्छ । यसको फ्रन्ट र रियरमा दिएको कनेक्टेड एलईडी लाइट बारले यो एसयूभीलाई मोर्डन लुक्स दिएको छ ।

एमजीको साइबर एक्समा सिल्भर र ब्ल्याक ड्युलटोन कलरको फाइभ स्पोक ह्वील रहेको यो एसयूभीको ककपिट र कनेक्टिभिटी चिनियाँ स्मार्ट फोन उत्पादक ओपोले विकास गरेको छ । एमजीको साइबर सिरिजको दोस्रो मोडल साइबर एक्स अल इलेक्ट्रीक भेहिकल हो ।

यो एसयूभी एसएआइसीको नयाँ मोडुलर इलेक्ट्रीक प्ल्याटफर्म ई३ आर्किटेक्चरमा बनेको छ । यो लाइफ स्टाइल एसयूभी सेल टु बडी डिजाइनमा बनेकोले गाडीको तौल कम भई इफिसियन्सी बढाउँछ ।

 

 

 

 

You might also like

Comments are closed.