तरकारी किन्न जाने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्यसूची !

 

काठमाडौं । काठमाडौंमा तरकारी तथा फलफूलको मूल्य दैनिक बढ्दो छ । उपभोक्ता मारमा नपर्नेगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गर्ने गरेको छ । यो मूल्यसूचीले कुन तरकारीको मूल्य कति छ भन्ने जान्न सहयोग पुग्छ भने उपभोक्तालाई ठगिनबाट पनि जोगाउँछ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि आज पनि नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) १०० देखि ११० रूपैयाँसम्ममा कारोबार भइरहेको बोर्डले जनाएको छ ।

jutta mela

आज रातो आलुको मूल्य ३० रुपैयाँदेखि ३५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ३२ देखि ३५ रुपैयाँ, कागती प्रति किलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म, अनार प्रति किलो ३ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै,लोकल गाजर ६५ देखि ७५, लोकल बन्दा ६० देखि १०, सेतो मूला २० देखि ३०, भन्टा ३० देखि ३५, तने बोडी ५० देखि ६०, मटरकोशा १०० देखि ११०, घिउ सिमी ३५ देखि ४५, लौका २५ देखि ३५, चिचिण्डो १५ देखि २०, घिरौला ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्य तरकारी तथा फलफूलको मूल्यसूचीः

You might also like

Comments are closed.