नवरत्न फ्रि हेड मसाज क्याम्प फेरि बस्दै

 

काठमाडौं । नवरत्न फ्रि हेड मसाज क्याम्प फेरि बस्दै छ । नवरत्न तेललाई अझ बढी उपभोक्ताहरु माझ पुर्‍याउने लक्ष्यका साथ विगत केही वर्षदेखि संचालन गरिदै आएको नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यो वर्ष पनि संचालन गर्न लागिएको हो ।

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरानलगायत अन्य शहरहरु संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म संचालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्नेछन् ।

jutta mela

“हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शुन्य छ । विगतमा कोरोनाकै कारण हामीले आम उपभोक्ताहरुले अत्यन्त रुचाउनु भएको यो क्याम्प संचालन गर्न असमर्थ भएका थियौं र अहिले हामी फेरि क्याम्प संचालनका लागि अग्रसर भएका छौं,’ क्याम्प संचालनका सम्बन्धमा जानकारी दिंदै नवरत्न तेलका ब्राण्ड म्यानेजर विकास तिवारीले भने, ‘क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेका छौं । म सबै महानुभावहरुलाई यस क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन हुन आग्रह पनि गर्दछु ।”

आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुने बताउँदै उनले बहुउपयोगी यो तेलले कुनै प्रकारको साइड इफेक्ट नगर्ने प्रमाणित भैसकेको सुनाए ।

मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन हो । विभिन्न ९ आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो ।

विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक कायाकल्प र चिसोको अनुभव, शरीरको दुखाई कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ ।

You might also like

Comments are closed.