‘नमस्ते पे’ मार्फत नेपाल टेलिकम र एनसेल सेवामा रु. १५० सम्मको आकर्षक क्यासब्याक

काठमाडौं । ‘नमस्ते पे’ ले आफ्ना प्रयोगकर्तालाई नेपाल टेलिकमका सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ ।

यस अफर अन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तैः रिचार्ज, ल्यान्डलाइन, एफटिटिएच वा एडिएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा ‘नमस्ते पे’ प्रयोगकर्ताले २ प्रतिशत क्यार प्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ‘फ्राइडे अफर’ अन्तर्गत प्रत्येक शुक्रबार निश्चित समय अवधिका लागि प्रयोगकर्ताले नेपाल टेलिकम र एनसेल रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम रु. २० सम्म) क्यासब्याक प्राप्त गर्न सक्छन् । साथै, नेपाल टेलिकमका एफटिटिएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम रु. १५० सम्म) को क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । यो अफर यही मङ्सिर ४ गतेदेखि माघ २० गतेसम्म रहनेछ । ‘नमस्ते पे’ नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरुप *500#  डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाको फाइदा लिन सक्दछन् ।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले युएसएसडि (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।

 

lcci
You might also like

Comments are closed.