काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) हालै नेपाल सरकारले अध्यायदेशमार्फत ल्याएका कानुन संशोधन तथा सहजीकरणप्रति स्वागत गरेको छ ।
नासआईटीको पहल र नीतिगत वकालतको परिणामस्वरूप, हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाको शुरुवात गरेको छ । यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउनेछ ।
नासआईटीले हालैको अध्यायदेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्तालाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पु¥याउनेछ ।
सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यायदेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने हाम्रो विश्वास छ ।
सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको नासआइटिको विश्वास छ र यसमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको जनाइएको छ । नेपालको सूचना प्रविधि उद्योगले शुरुवाती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ । यस क्रममा विदेशी लगानीकर्ता र देशभित्र रोजगारी सृजना गर्ने रोजगारदाताको संलग्नता उल्लेखनीय रूपमा बढिरहेको छ ।
नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ । यसका लागि सबै सरकारी र सरोकारवाला निकायबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यसँग सम्बन्धित कानुनी, नीतिगत र अन्य सामूहिक सवालमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पु¥याउन निरन्तर प्रयासरत रहँदै आएको छ ।
Comments are closed.