नेपाल बंगलादेश बैंकको १००औं शाखा कञ्चनपुरको कलकत्तामा  

काठमाडौं । नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ । शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.