नेपाल बंगलादेश बैंकको २७औं वार्षिकोत्सव

काठमाडौं । नेपाल बंगलादेश बैंकले स्थापनाको २७औं वर्ष पुरा गरेको छ । बैंकले आइतबार २७औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण ग्राहक, शुभचिन्तक, सेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले प्रविधिमैत्री बन्दै आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.