नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । मिति २०७९ कार्तिक १७ गते नेपाल बैंक लि. प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार नेपाल बंैकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २ हजार ५सयसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । यही कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

You might also like

Comments are closed.