एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौं । एनसेलले आकर्षक ‘११ः११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । मंगलबार एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।

११ः११ उत्सवको अवसरमा मंगलबार एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवा सक्रिय÷निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिने लगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाको फाइदा लिन सक्छन् ।

११ः११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक टे«न्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटले गर्दा उपभोक्तामा ११ः११ को आकर्षण बढ्दो रहेको छ ।

 

You might also like

Comments are closed.