काठमाडौं । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवशको अवसरमा एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यस विशेष योजनामा ग्राहकले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् । साथै २५ जना भाग्यशाली ग्राहकले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् ।
यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् ।
अफरको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेल एप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ । अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन् ।
सुचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु. १ हजार ४९९ सम्मको प्याकहरु रहेका छन् । उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकले बोनस रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने रु. १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ ।
त्यस्तै, रु. ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकले थप ५ जीबी बोनस पाउँछन् । यो फ्ल्यास सेलअन्तर्गत, रु. ५९९ देखि रु. १ हजार ४९९ सम्मका सधैं अन प्याकमा ग्राहकले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्, । जसले उनीहरूलाई अनलाइन पहुँचको भरपुर फाइदा प्रदान गर्नुका साथै सधै अन रही सम्पर्कमा रहन मद्धत गर्दछ ।
भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ । यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन् ।
Comments are closed.