काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।
यो सँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उद्धेश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवद्र्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको छ ।
नवौं संस्करणको इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । यस कार्यक्रममा डिजिटल विकासलाई बढावा दिदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तिलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ ।
“हामी आफैपनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आईरहेको संस्था हो । डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरुको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आइसिटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाको सम्मानमा आइसिटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँ नगदसहित सम्मान गर्नेछ ।
एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरु, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु लगायतका पहलहरू अगाडि बढाएको छ ।
Comments are closed.