पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको चैत ६ गते हुने दोश्रो भेला तथा अधिवेशनको तयारी पुरा भएको छ । भेला नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रम होटल दिपसागरमा हुनेछ ।
कार्यक्रममा गण्डकी प्रदेशको ११ जिल्लावाट ३ सय प्रतिनिधीको उपस्थिति रहने बताइएको छ ।
प्रत्येक जिल्लावाट १ जना पशु पालक कृषकलाई उत्कृष्ट कृषक सम्मान गरिने साथै संघलाई अतुलनिय योगदान पु¥याएका तथा सेवा निवृत्त भएकालाई समेत सम्मान गरिने कार्यक्रम रहेको बताइएको छ ।
Comments are closed.