फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले ७ महिनापछि पहिलो पटक बुधबारदेखि उडान सुरु गरेको छ ।
कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।
नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि ४ जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङको सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी लिम्बुले जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले बुधबार सीमित यात्रु ल्याएको उनले बताए ।
काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।
Comments are closed.