ग्राहकलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न नेपाल बैंकको अनुरोध

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न अनुरोध गरेको छ ।

बैंकबाट कर्जा उपभोग गरी वि.स. २०७५ चैत मसान्त अगाडी खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेकाले सम्बन्धित कर्जा ग्राहकले ब्याज छुटको सुविधा लिन कर्जा चुक्ता गर्न बैंकले सुचित गरेको हो ।

साथै २०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको छ ।

बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुबिधाको लाभ लिन बैंकले ताकेता गरेको छ । व्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागु हुनेछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.