नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट

काठमाडौं । नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको जमला रहेको यस हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने सम्बन्धमा सम्भmौता गरिएको हो ।

सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुपनारायण शाहले हस्ताक्षर गरेका छन् ।

यसबाट बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ईईजी, पल्मोनरी फंक्शन टेस्ट, एफएनएसी तथा बायोप्सी, एक्स–रे, अल्ट्रासाउन्ड, डप्लर जस्ता सेवा पाउनेछन् ।

साथै कलेजोको स्वास्थ्य, मुटुको स्वास्थ्य, मृगौला स्वास्थ्य, मस्तिष्क वा न्यूरो स्वास्थ्य र यूरोलोजी, सामान्य शारीरिक जाँच, इको, न्यूक्लियर कार्डियोलोजी टेस्ट, दन्त चिकित्सा, छालाको हेरचाह, हरि प्रत्यारोपण, माइनर अपरेशन, एभि फिस्टुला जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

lcci
You might also like

Comments are closed.