नेपाल बैंकका ग्राहकलाई सिद्धि पोथी प्याथ ल्याबमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याब प्रा.लि.बीच सम्भmौता भएको छ । बैंकका कर्मचारी एवं ग्राहकलाई काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी एवं ग्राहकलाई सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा छुट पाउनेछन् ।

ल्याबले बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवा बैंकका ग्राहकलाई छुटमा प्रदान गर्नेछ ।

You might also like

Comments are closed.