नेपाल बैंकका ग्राहकलाई दराज अनलाइनमा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बीच सम्झौता भएको छ । बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो ।

नेपाल बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २ हजार सम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम रु २५ सय बराबरकोे छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा इ–कमर्स सबिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकलाई आफ्नो कार्डमा इ–कमर्स सबिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।

lcci
You might also like

Comments are closed.