पशुपालन तथा दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्न सबै स्थानीय तहमा नेपाल डेरी एसोसिएसनको अनुरोध

काठमाडौं । नेपाल डेरी एसोसिएसनले पशुपालन तथा दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय तहमा सुझाव पेश गरेको छ । आगामी आ.व.२०८२/८३ का लागि पालिकाको वार्षिक नीति तथा कार्यक्रममा एसोसिएसनले कार्यक्रम तथा बजेट विनियोजनका लागि सबै स्थानीय तहमा सुझाव पेश गरेको जनाइएको छ ।

किसानले उत्पादन गरेका सबै दूध बजारसम्म पु¥याउनुपर्ने, दूध सङ्कलनका लागि चिलिङ भ्याट राख्ने, स्वदेशी उत्पादन उपभोग बढाउन विद्यार्थीसँग लक्षित कार्यक्रम, बटर व्यवस्थापनका लागि सरोकारवालासँगको सहकार्यमा कोल्ड स्टोर राख्ने व्यवस्था, डेरी मेला वा राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी, सरोकारवालालाई अवलोकन भ्रमण, आ–आफ्ना पालिकामा भएका घरेलु डेरीको स्तरोन्नती, तालिम सञ्चालन, हरेक पालिकामा गौशालाको स्थापना गर्न आगामी आर्थिक वर्षको कार्यक्रमका लागि स्थानीय तहलाई सुझाव दिइएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

सेना, प्रहरी, सशस्त्र, अस्पताल, स्कुल, कलेज, खेलाडी र ठूला ठूला होटलमा नेपाली कृषि उत्पादन उपभोगमा अनिवार्य गर्नुपर्ने, स्वदेशी उद्योगलाई सरकारले विद्युत्, भ्याट, कच्चापदार्थ, प्याकेजिङ्ग मेटेरियल्समा भन्सार छुट सहुलियत दिनुपर्ने, प्रत्येक पालिकाले आफ्नो पालिकाभित्र रहेका पशु दर्ता कार्यक्रम शुरु गरी तथ्याङ्क सङ्कलन गरी अनुत्पादक गाईको व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने विषयमा स्थानीय तहलाई सुझाज पत्र पेश गरिएको एसोसिएसनका महासचिव हेमचन्द्र खनाल बताउँछन् ।

अफ्ठ्यारो परेका नीतिमा सुधार गर्नुपर्ने, सरकारी वा निजी जमिन खाली राख्न नपाउने नियम बनाउनुपर्ने, पशुपालन र कृषि खेती गर्ने व्यक्तिलाई उच्च स्तरको सम्मान, हरेक पालिकामा स्वदेशी उत्पादन मात्र उपभोग गर्न प्रोत्साहन गरिने खालका जनचेतनामुलक कार्यक्रम, पशुपालनका लागि उच्च नश्लका पशुको व्यवस्था, भेटेरीनरीको व्यवस्था, समयमा औषधी, दानामा सहुलियत लगायतका विषयमा पालिकाले बजेट विनियोजन गर्नुपर्ने र उत्पादन भएको दूधको बजार ग्यारेण्टी गरिनुपर्ने जस्ता विषय समेटेर कार्यक्रम सञ्चालन गर्न अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिदिन एसोसिएसनले सुझाव पत्र पेश गरेको छ ।

You might also like

Comments are closed.