डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः श्रेष्ठ

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान) को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो ।

बैंकर्स एशोसिएसन नेपाल उपाध्यक्षमा दिनेश थकाली (कामना सेवा विकास बैंक), सचिवमा माधवप्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल ढकाल (ज्योति विकास बैंक), सदस्यहरुमा नरेश सिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी विकास बैंक), हरिबहादुर बुढाथोकी (ग्रिन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक) रहेका छन् ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०८१/८२ को अनुमानित आय (व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

You might also like

Comments are closed.