काठमाडौं । नेपाली पाइलटहरू पहिलो पटक एउटै छानामुनि संगठित हुँदैछन । वायुसेवा कम्पनीहरूसँग आबद्ध रहेका पाइलटहरूको व्यावसायिकता र जनचेतना अभिवृद्धिको लक्ष्यसहित पाइलट एसोसिएसन अफ नेपाल गठन गरिएको हो ।
गठन गरिएको पाइलट एसोसिएसन अफ नेपालको औपचारिक घोषणा भोली शनिबार हुँदैछ । काठमाडौंको मल्ल होटलमा आयोजना हुने स्काईवेल पाइलट समिट २०२५ देशकै पहिलो पाइलट समिट हो । समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि रहनेछन् ।
कार्यक्रमका लागि नेपालको पहिलो रियल एसयूभी ईभी स्काईवेल। चीनमा उत्पादित र ६५ मुलुकमा निर्यात भइरहेको स्काईवेलले ईयू प्रोडक्ट सर्टिफिकेसन, चाइना एनक्याप सेफ्टीको फाइभ–स्टार रेटिङ समेत प्राप्त गरिसकेको छ । स्काईवेल नेपालका आधिकारिक वितरक जी मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै भने, “पाइलटजस्तो संवेदनशील जिम्मेवारी वहन गर्ने पेसाकर्मीहरूसँगको सहकार्यमा सहभागी हुन पाउँदा हामी गौरवान्वित छौं। यात्रुको सुरक्षा हाम्रो साझा लक्ष्य हो, त्यसैले स्काईवेल र पाइलट एसोसिएसनको सहकार्य स्वाभाविक हो।“
त्यसैगरी, पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलको शुरुवातमै देखिएको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै यो सहकार्यलाई यात्रु सुरक्षा र पाइलटको व्यावसायिकतालाई नयाँ उचाइमा पु¥याउन सकिने बताए।
कार्यकममा पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ, २०२५ भर आयोजना गरिने कार्यक्रमहरूको वार्षिक क्यालेन्डर सार्वजनिक, हवाई सुरक्षाका विषयमा जनचेतनामूलक र व्यावसायिक अभिवृद्धिका कार्ययोजना जस्ता विषयहरु समिट हुनेछन ।
Comments are closed.