काठमाडौं । सेयर बजारमा दसैंपछिको पहिलो कोरोबार भएको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ४४.६२ अंकले वृद्धि भएको छ ।
कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर बन्द भएको हो ।
यस्तै, आज सेन्सेटिभ समूहमा ८.७८ अंकको सुधार आउँदै ३७२.२१ अंक कायम भएको छ ।आइतबार २२४ कम्पनीको २५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।
जसमध्ये बैंक समूहमा २५, व्यापार समूहमा १७, होटल र टुरिजम समूहमा ४९, जलविद्युत समूहमा ५६, वित्त समूहमा ७०, अन्य समूहमा ३२, म्यूचुअल फण्ड समूहमा ०.०९ र लगानी समूहमा १.३८ अंकको सुधार देखिएको छ । यसक्रममा आज सप्तकोसी विकास बैंक र अप्पर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।
यसैगरी, जीवन बीमा समूहमा १८७ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १३५ अंकको सुधार आउँदा विकास बैंक समूहमा १४९.०२ अंकको सुधार आएको छ । यस्तै, उत्पादनमूलक समूहमा १२१ र लघुवित्त समूहमा ११२ अंकको सुधार आएको छ ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलब ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलब ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलब ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलब ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलब ८० प्रतिशतले गुमाएका छन् ।
Comments are closed.