रोकिएन सेयर बजार घट्ने क्रम : नेप्से १०.५४ अंकले घट्यो, साढे ७७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नै सयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ। निर्वाचनको समयमा सेयर कारोबार उकालो लाग्ने आशामा रहेका लगानीकर्ता त्यसको ठिक बिपरित भइदिँदा निराश बनेका छन् ।

पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार ओरालो लाग्दै आएको छ। नेप्से आज १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ।

आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएका छन्।

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सूचक १५ दशमलव ८२ अंकले बढेर बाँकी १२ वटा समूहहरुको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३० अंकले घटेर १३ सय ३१ दशमलव ७९ अंकमा झरेको छ। विकास बैंक समूहको सूचक पनि तीन दशमलव ८४ अंकले घटेर तीन हजार तीन सय २६ दशमलव ९१ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक २० दशमलव ४६ अंकले घटेर १९ सय २३ दशमलव ७७ अंकमा झरेको छ । जीवन बिमा समूहको समूहको सूचक ७० दशमलव ७३ अंकले घटेर आठ हजार आठ सय ३४ दशमलव ३२ अंकमा झरेको छ।

निर्जिवन बीमा समूहको सूचक पनि १८ दशमलव ४४ अंकले घटेर सात हजार पाँच सय २७ दशमलव दुई अंकमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

You might also like

Comments are closed.