सेयर बजारमा झिनो सुधार, ९२ करोड ५१ लाखको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो ।

मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको नेप्से आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव दुई अंकले बढेर तीन सय ८० दशमलव ९२ अंकमा चढेको छ ।

आज निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ० दशमलव ०४ प्रतिशतको सामान्य गिरावट भएको छ। बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । आज कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ ।

जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार गरेको छ । हिमालयन डिस्टिलरीले ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकले २ करोड ९३ लाख ७ हजारको कारोबार गरेको छ ।

आज बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर रहेको छ ।

You might also like

Comments are closed.