साताको सेयर समिक्षा : नेप्से २१८२.६३ अंकमा, १२ अर्ब ५२ करोडको कारोबार

काठमाडौं। यो साता सेयर बजार परिसूचक (नेप्से) २ हजार १ सय ८२ दशमलव ६३ अंकमा सिमित भएको छ। सेन्सिटिभ इन्डेक्स पनि चार सय १५ दशमलव ४२ अंकमा सीमित भएको छ ।

सातामा दुई सय ६० वटा कम्पनीहरुको दुई लाख २० हजार १२ पटकको कारोबारमा तीन करोड ४६ लाख १३ हजार दुई सय ३५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५२ करोड २१ लाख ७९ हजारको कारोबार भएको छ। यो कारोबार रकम गत साताको भन्दा झण्डै एक अर्बले कम हो ।

गत साता नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ३९ हजार चार सय ९८ पटकको कारोबारमा तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ लाख ७७ हजारको कारोबार भएको थिए ।

यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने चौंथो दिन घटेको थियो। पहिलो दिन एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव अंकमा पुगेकोमा नेप्से अन्तिम कारोबार दिन १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ पुग्न सफल भएको थियो । यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुमा एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, स्टान्र्डड चार्टड बैंक आदि परेका छन् ।

पहिलो दिन एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम रहन सफल भएको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन एक दशमलव ४२ अंकले बढेर चार सय १५ दशमलव ४२ अंकमा कायम रहन पुगेको थियो।

You might also like

Comments are closed.