दूध उत्पादक कृषकलाई अनुदान रकम वितरण

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई दूधमा अनुदान रकम वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले गाई तथा भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत सिन्धुलीगढी दुग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई अनुदान रकम वितरण गरेको हो ।

पशु विकास शाखाले आर्थिक वर्ष २०८०/८१ को संघिय सरकारबाट हस्तान्तरित गाई तथा भैंसी प्रवद्र्घन कार्यक्रम अन्तर्गत कमलामाई ३ भित्र रहेका कृषकलाई दूधमा अनुदान रकम दिइएको बताइएको छ । सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा एक कार्यक्रम गरी अनुदान वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले कृषकलाई अनुदान रकम वितरण गर्दै दूध उत्पादनमा ढुक्कसँग लाग्न अनुरोध गरे । जन्मदेखि मृत्यु पर्यन्त दूधको आफ्नै महत्व रहेको बताउँदै आधुनिक गाई भैंसी पालन र दूध सङ्कलन केन्द्र व्यवस्थापनलाई आगामी दिनमा नगरपालिकाले समन्वय सहकार्य गर्ने उनले बताए । नगर प्रमुख पोखरेलले उत्पादनको आधारमा अनुदान कार्यक्रम दिने बताउँदै पशुपालन, तरकारी, फलफुल खेती गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्ने बताएका छन् । दूध उत्पादन, सङ्कलन केन्द्र, दूध ढुवानी, बिक्री लगायतको उत्पादन र उपभोगसम्मको श्रृङखलालाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउन कृषक, सहकारी, डेरीले जोड दिनुपर्ने नगर प्रमुख पोखरेलको भनाई छ ।

सहकारीका ५ वटा दूध सङ्कलन केन्द्रका १५० कृषकलाई अनुदान रकम वितरण गरिएको हो । तारुफेदी, कार्कीटोल, निगाले, देवकोटा चोक र स्कुल चोक दूध सङ्कलन केन्द्रमा दूध उत्पादन गरी विक्री गरेका कृषकलाई प्रतिलिटर रु ३ का दरले दूधमा अनुदान रकम बापत रु ७ लाख १२ हजार ८१८ चेकमार्फत कृषकलाई हस्तान्तरण गरिएको बताइएको छ । कार्यक्रममा कमलामाई नगपालिका ३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाईले दुग्ध उत्पादक सहकारीमार्फत प्राप्त अनुदान रकमलाई प्रोत्साहनको रुपमा लिई आगामी दिनमा अझ बढी दूध उत्पादनमा जोड दिन अनुरोध गर्दै वडाले दुग्ध क्षेत्रमा विशेष योजना बनाउने बताए ।

संस्थाका अध्यक्ष अधिकारीले उन्नत पशुपालन तथा दुग्ध व्यवसायको माध्यमबाट ग्रामीण जनताको आयस्तर उकास्न मद्धत पु¥याउने मुख्य उद्धेश्यले दूध उत्पादन तथा दुग्ध क्षेत्रसंग सम्बन्धित काम गर्दै आएको बताएका छन् । स्थानीय दुग्ध उत्पादक कृषकलाई संगठित गरी दूध उत्पादन व्यवसायको संरक्षण सम्वद्र्धन तथा विस्तार गर्दै दुग्ध सहकारिताको माध्यमबाट कृषकको आर्थिक अवस्थामा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउन सिन्धुलीगढीको संरक्षण तथा सम्बद्र्धन, कृषि पशुपालनको क्षेत्रमा काम गर्ने उद्धेश्यले यस सहकारीले विभिन्न काम गर्दै आइरहेको छ ।

संस्थाले दुग्ध उत्पादक कृषकलाई संस्थाको विधान अनुरुप दुग्ध क्षेत्रमा कृषकलाई प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम आगामी दिनमा निरन्तर गरिरहने छ । कार्यक्रम सञ्चालन कमलाई ३ का वडा सचिव विरेन्द्रकुमार देवकोटाले गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.