एक वर्षमा ५ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै ‘सीबीएम कलेज’

काठमाडौं । कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम) मा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति तथा सुलभ शूल्कमा पठनपाठनको अवसर पाउँदै आएका छन् । शैक्षिक गुणस्तरमा अब्बल मानिएको कलेजले विद्यार्थीलाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्रका लागि छात्रवृत्ति योजना सार्वजनिक गरिसकेको छ ।

कतिपय कलेजमा छात्रवृत्ति सुबिधा छ भन्ने विद्यार्थी, अभिभावकले जानकारी नै पाउँदैनन् । कलेजसंग जोडिएका आफन्त, ठूला व्यक्ति, नेता, पहुँचवालाका व्यक्तिले मात्रै छात्रवृत्ति सुबिधा उपभोग गरिरहेको प्रशस्तै उदाहरणहरु छन् । केही कलेजले सम्बन्धित व्यक्ति (विद्यार्थी) ले जानकारी नै नपाउने गरी औपचारिक रुपमा सूचना जारी गरेर जेहेन्दार, विपन्न, टाढाका विद्यार्थीलाई उपेक्षा गर्दै आफू निकटका व्यक्तिलाई छात्रवृत्ति उपलब्ध गराउने प्रवृत्ति छ ।

सीबीएम कलेजले छात्रवृत्ति कार्यक्रममा सबैलाई समेट्दै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । शैक्षिक सत्र सुरु नहुँदै पहिले नै छात्रवृत्ति योजना सार्वजनिक भएपछि आम विद्यार्थी तथा अभिभावकले जानकारी पाउनेछन् । काठमाडौंको डिल्लीबजारमा रहेको सीबीएम कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम ५ सय जनालाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको प्रिन्सिपल सुमन न्यौपानेले जानकारी दिए । गरिब, पीछडिएको वर्ग, जेहन्दार, खेलकुद, संगीत, नृत्यमा रुचि राख्ने र अन्य प्रयोगात्मक विषय तथा अध्ययनसँगै कार्यदक्षता हासिल गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने प्रिसिन्सपल न्यौपाने बताउँछन् ।

‘पठनपाठनमा सहुलियत प्रदान गर्न छात्रवृत्ति योजना ल्याएका छौँ, आगामी शैक्षिक सत्रमा ५ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हाम्रो लक्ष्य हो, छात्रवृत्ति विभिन्न आधारमा एक/एक सय विद्यार्थीलाई सतप्रतिशत उपलब्ध गराइने छ, हाम्रो कलेजमा सबै वर्ग, क्षेत्रका विद्यार्थी अध्ययनरत छन्, छात्रवृत्ति वितरणमा विभेद छैन,’ उनले भने ।

प्रयोगात्मक तथा व्यवहारिक शिक्षा

jutta mela

कलेजमा युवा, दक्ष तथा अनुभवी प्राध्यापकबाट अध्यापन हुने गरेको न्यौपानेले जानकारी दिए । प्लस टु, ब्याचलर्स र मास्टर्स, प्लस टुमा साइन्स र म्यानेजमेन्ट, ब्याचलरमा बीबीएस र बीबीएम, मास्टर्समा एमबीएस विषय सञ्चालनमा छन् । म्यानेजमेन्टको स्कोप अहिले धेरै राम्रो रहेको र विश्वव्यापी रूपमा नै म्यानेजमेन्टका विद्यार्थीको माग बढिरहेको प्रिन्सिपल न्यौपानेले बताए । कलेजले शिक्षालाई थप प्रभावकारी बनाउन प्रयोगात्मक तथा व्यवहारिक शिक्षालाई जोड दिइरहेको उनले बताए ।

‘नेपाललाई म्यानेजमेन्ट र टेक्नोलोजीको हबको रूपमा विकास गर्ने गरी प्रध्यापकबाट निकै मेहनतका साथ अध्यापन भइरहेको छ । प्रयोगात्मक तथा व्यवहारिक शिक्षा, विद्यार्थीको क्षमता, प्रतिभा प्रस्फुटनका लागि विभिन्न अतिरिक्त क्रियाकलाप, गतिविधि सञ्चालन हुने गरेका छन्,’ उनले भने, ‘राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न म्यानेजमेन्टतर्फ सीएहरू फ्याकल्टी मेम्वर रहेको छ, साइन्समा रकेट प्रोजेक्टका डाइरेक्टर फ्याकल्टी मेम्बर छन्, ल्याब र वर्कसप वेसमा रहेर अध्यापन भइरहेको छ ।’

विद्यार्थीको आवश्यकता र स्तर अनुसारको शिक्षण

प्रिन्सिपल न्यौपानेका अनुसार विद्यार्थीको आवश्यकता र स्तर अनुसार कलेजले शिक्षण गर्दै आइरहेको छ । सरकारी विद्यालयबाट आउने र अंग्रेजीमा कमजोर विद्यार्थीका लागि कलेजले विशेष व्यवस्था गरेको छ । सामान्य कुराको ज्ञान नभएर अलमलमा परेका विद्यार्थीलाई बिना हिचकिचावट सामान्य कुरा सिक्ने वातावरण छ । मेहनती, धेरै प्रतिभाशाली विद्यार्थीलाई मात्र नभई सबै विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ ।

मेहनती, प्रतिभाशाली र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मात्र भर्ना लिने गरेका धेरै कलेज भेटिन्छन् । सीबीएम कलेज सबै वर्ग, क्षेत्रका विद्यार्थीको रोजाईमा परिरहेको छ । सबै विद्यार्थीको क्षमता पहिचान गरेर अध्यापन कार्य भइरहेको छ । टाढाका विद्यार्थीलाई कलेजले होस्टेलको व्यवस्था गरेको छ । विद्यार्थी घरदेखि कलेजसम्म आवतजावत गर्न यातायातको सुबिधा छ । विगतका वर्षमा पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेको यस कलेज विद्यार्थीको रोजाईमा परेको छ । छात्रवृत्ति रकम उपलब्ध हुने भएपछि धेरै विद्यार्थीले सीबीएम कलेजलाई नै भविष्य निर्माणको मुलढोका मान्ने गर्दछन् ।

शैक्षिक क्षेत्रमा युवा नेतृत्वको प्रभाव, नयाँ प्रविधि, शिक्षणमा सहुलियत, अतिरिक्त क्रियाकलाप लगायतका विभिन्न रचनात्मक कार्य सिक्न पाइने भएपछि अधिकांशले सीबीएम कलेज नै रोज्ने गरेका छन् । २५ वर्ष देखि सञ्चालन हुदै आइरहेको यो कलेज अहिलेको अवस्थामा उच्च शिक्षा तह अध्ययन गर्ने विद्यार्थी र तीनका अभिभावकको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न पुगेको छ ।

You might also like

Comments are closed.