नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको चौथो साधारण सभा सम्पन्न भएको छ । एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षतामा प्रदेशका डेरी उद्योगी तथा व्यवसायीहरुको उपस्थितिमा मंगलबार साधारण सभा भएको हो ।

सभामा प्रमुख अतिथि देवदह नगरपालिकाका पूर्व प्रमुख तथा नेपाल डेरी एसोएिसनका सल्लाहकार हिराबहादुर केसीले नामअनुसार नै संस्थाले काम गर्दै आइरहेको बताए । नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले संस्थागत रुपमा बलियो भएपछि दुग्ध व्यवसायी, किसानको क्षेत्रमा आइपरेका विभिन्न समस्या समाधान गर्न धेरै सहज भएको बताउँछन् ।

एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष न्यौपानेले एसोसिएसन दुग्ध व्यवसायी तथा किसानको हितमा काम गर्ने बिशुद्ध संस्था रहेको जानकारी दिदै यस क्षेत्रमा सम्बद्ध व्यवसायी र किसानको समस्यामा संस्था सधैँ लागिरहने बताए । किसान र दुग्ध व्यवसायीमा परेको समस्याका निम्ति संस्थागत रुपमा एसोसिएसनले समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडी बढेको अध्यक्ष न्यौपानेले बताएका छन् ।

कार्यक्रममा एसोसिएसन लुम्बिनीका सहसचिव शिवलाल भुसाल, रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष रामकृष्ण शर्मा, दाङका अध्यक्ष मानबहादुर बुढाथोकी, कपिलवस्तुका अध्यक्ष हेमलाप पौडेल, पाल्पाका अध्यक्ष टीराकाम खराल लगायतले संस्थागत रुपमा एसोसिएसन संस्था गठन भएपछि दुग्ध क्षेत्रका विभिन्न गतिविधि बढ्दै गएको बताएका छन् ।

थ्री पोइन्ट गार्डेन रिसोर्ट बुटवल देविनगर देवसिद्धि चोकमा भएको सभामा दुग्ध क्षेत्रका विविध विषयमा केन्द्रित रही छलफलसहित कार्यक्रम सम्पन्न भएको एसोसिएसनले जनाएको छ ।

lcci
You might also like

Comments are closed.