स्मार्ट एपमा आबद्ध २ सय बढी सहकारीबाट नमस्ते पे वालेट सजिलै लोड र भुक्तानीको सुबिधा

काठमाडौं । स्मार्ट प्लेटर्मका प्रयोगकर्ताले अब प्लेटफर्मसँग जोडिएका २ सय भन्दा बढी सहकारीमार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् ।

यस नयाँ सुबिधाले प्रयोगकर्तालाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुबिधा प्रदान गर्दछ । जसले जसले सहकारीमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्धत गर्दछ । वालेट लोड गने प्रक्रिया प्रयोगकर्तामैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरुले सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

 

नमस्ते पे र स्मार्ट बीचको यो सहकार्यले नेपालमा वित्तीय वित्तीय सेवाहरुको डिजिटललाइजेशनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरुको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ ।
नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तैः USSD (अफलाइन) मोड, स्प्लिट बिल र रिक्वेष्ट मनी जस्ता सुबिधाहरु प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागी पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्धेश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल सेवा प्रदान गर्न यस वालेट सेवाको उद्धेश्य हो । जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकताले अफलाइन सेवाको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरु अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन् ।

 

You might also like

Comments are closed.