बिमस्टार्ट र हाईपर्सले उद्यमशीलता सम्मेलन गर्दै

काठमाडौं । नेपालमा उद्यमशीलता समुदायलाई एकसाथ ल्याउन बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएका छन् । २ अगस्ट अर्थात् साउन १८ गते ललितपुरस्थित पुलचोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा कार्यक्रम आयोजना हुने भएको हो ।

कार्यक्रम दिउँसो ३ बजेदेखि ६ बजेसम्म हुने आयोजना हुने आयोजकले बताएका छन् । हालसम्म बीमस्टार्टले विश्वभर २०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजार भन्दा बढी सहभागीलाई एकै ठाउँमा समेटेको छ । त्यसैगरी यस पटक हुँदै गरेको उद्यमशीलता सम्मेलनमा पनि नेपालका निर्णयकर्ता, उद्यमी र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिलाई समेट्ने योजना हाईपर्स र बिमस्टार्टको छ ।

आयोजकका अनुसार सहभागीले गुणस्तरीय नेटवर्किङ, व्यवसायिक साथ–सहयोग प्राप्त गर्नेछन् । कुल ८० देखि १०० जना सहभागी हुने अनुमान गरिएको यस कार्यक्रममा ३ जना बराबर एक जना निर्णयकर्ता हुने आयोजकको दाबी छ । सम्मेलनको लागि प्रायोजकको आह्वान पनि गरेका छन् । जसबापत त्यहाँ बुथको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारण, मिडिया अन्तवार्ता र समाचार माध्यमबाट करिब २ लाख ५० हजार पाठक, श्रोतामाझ पुग्ने दाबी आयोजकको छ ।

करिब १ लाख ५० हजारभन्दा बढी नागरिकलाई लक्षित समाचार विज्ञापनबाट लाभ पाउने हाईपर्स र बिमस्टार्टले प्रेस रिलिजमार्फत भनेको छ । कार्यक्रममा सहभागी हुनका लागि इच्छुकले आयोजकले उपलब्ध गराएको लिङ्क https://eventsize.com/event/entrepreneurs-gathering-nepal-aug-2024/p/1/  मा गएर दर्ता गराउन सक्नेछन् ।

उद्यमशीलतामार्फत राष्ट्र निर्माणलाई समर्थन गर्न कार्यक्रम गर्न लागिएको हो । बीमस्टार्ट उद्यमशीलता सम्मेलन गर्ने संस्था हो भने हाईपर्स उद्यमशीलता र स्टार्टअपहरूलाई समर्थन गर्ने प्रमुख संस्था हो । विशेषगरी हाइपर्सले ईकमर्शको क्षेत्रमा काम गर्छ ।

You might also like

Comments are closed.