ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं । केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरेका हुन् ।

गत शुक्रबार राष्ट्रपतिले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गर्नका लागि आह्वान गर्दै आज साँझ ५ बजेसम्मको समय दिएका छन् । काँग्रेस र एमालेको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न प्रस्ताव गरिएको थियो । १६६ जना सांसदको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्ती गर्न दाबी पेश भएको थियो ।

काँग्रेस र एमालेको समर्थनमा ओली नियुक्त भएपछि ओली सरकारमा साना दलहरु पनि सहभागी हुने भएका छन् । काँग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिएर साना दललाई अन्य मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने निश्चित भइसकेको छ । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ ग्रहण भोली शितल निवासमा हुने तय भएको छ ।

यसैबीच सोमवार हुने सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले निमन्त्रणा पत्र समेत पठाइसकेको छ ।

You might also like

Comments are closed.