मोही अभियानकर्ता नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाल सम्मानित

काठमाडौं । मोही अभियानकर्ता नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन् । रैथाने कृषि सामग्री बिक्री गर्न सुरु गरिएको एक वर्ष पुगेको अवसरमा काठमाडौं दरबारमार्गको ओरियण्ट क्याफेमा संघीय सभामुख देवराज घिमिरेले मोही अभियानकर्ता एसोसिएसनका अध्यक्ष दाहाललाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

रैथाने हाट बजारमा विगत एक वर्ष अगाडिदेखि एसोसिएसनले परम्परागत रूपमा ठेकीमा मोही राखेर मेलामा सहभागी सबैलाई हरेक शनिबार विहान ७ बजेदेखि १० बजेसम्म निःशुल्क मोही सेवन गराउँदै आएको छ । यो अभियान दुई वर्षसम्म निरन्तर चल्ने एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले बताए । मोही अभियानको प्रभावकारिता बढ्दो छ । अहिले विवाह, भोजभतेर र शुभकार्यमा मोही राख्ने चलन बढेको एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।

अहिले एक वर्षसम्म डेरी एसोसिएसनले यो अभियान स्कुल–स्कुलमा तथा अन्य विभिन्न सामाजिक कर्यमा चलाइरहेको छ । मोहीको प्रचार प्रसार तीव्र भइरहेको छ । अहिले गर्मीको समयमा झण्डै २ लाख ५० हजार मोही खपत हुने गरेको एसोसिएसनका अध्यक्ष दाहालले बताउँछन् ।

lcci
You might also like

Comments are closed.