एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना : खुद्रा बिक्रेता नगेन्द्रलाई डिस्कभर बाइक

काठमाडौं । एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् ।

आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना ल्याएको एनसेलले जनाएको छ । कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्धेश्यका साथ यो कार्यक्रम लागू गरेको हो ।

बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रप्रसाद गणेशलाई १२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका छन् । कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताले सिमकार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टको आधारमा उनीहरुले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।

बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेता मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोलाप्रथा मार्फत छानिएका हुन् । देशभर सातै प्रदेशबाट ११ सय खुद्रा विक्रेताले विभिन्न उपहार पाउन सफल भएका छन् । यस कार्यक्रमले खुद्रा बिक्रेतालाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाको उपलब्धता सुनिश्चित गर्न, खुद्रा विक्रेतालाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको बताइएको छ ।

खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एनसेलले आफ्ना च्यानल साझेदारको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ । एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र ग्राहकलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै सधैं अन रहन मद्धत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ ।

ग्राहकलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीलाई पहिला भन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः लिँदा थपिएर आउने र बन्डल सेवाका साथ निर्धक्क सेवा पाइने यस योजनाको मुख्य विशेषता रहेका छन् ।

You might also like

Comments are closed.