रामपुरको गेझा स्वास्थ्य चौकीमा सुत्केरीलाई निःशूल्क एम्बुलेन्स सेवा

सुशीला रेग्मी
रामपुर (पाल्पा) । गेझा स्वास्थ्य चौकी पाल्पाले सुत्केरीलाई निःशूल्क एम्बुलेन्स सेवा दिन थालेको छ । रामपुर नगरपालिका वडा नं १० मा अवस्थित यस स्वास्थ्य चौकीमा प्रसुती सेवा लिन आउने सुत्केरीले सो सेवा पाउनेछन् ।

घरदेखि अस्पतालसम्म र अस्पतालदेखि घरसम्म सुत्केरीलाई निःशूल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए । यस आर्थिक वर्ष देखि स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेले सो सेवा पाउने बताइएको छ ।

रामपुर नगरपालिकाले यस स्वास्थ्य चौकीमा उपचार गर्न आउने बिरामीको सहजताका लागि एकवटा एम्बुलेन्स उपलब्ध गराएको र सो एम्बुलेन्स प्रसुती गराउन आउने र प्रसुती पश्चात् घरसम्म संस्थाले लैजाने व्यवस्था गरेको ईन्चार्ज बिक्रम भण्डारीले जानकारी दिए । सुत्केरी पश्चात एक क्यारेट अण्डासमेत दिइने गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।

सुत्केरी हुन जान यातायातको अभाव तथा आर्थिक समस्याले कसैलाई पनि नपिरोलोस्, बिरामीले सजिलोसँग स्वास्थ्य संस्थामा पुगेर सेवा लिन पाउन भनेर स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन् । रासस

lcci
You might also like

Comments are closed.