नुवाकोट हेलिकप्टर दुर्घटना :  ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेका छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् ।

उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन््”, उनले भने । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । रासस

You might also like

Comments are closed.

Secret Link