बन्दिरपुरमा चलेको ‘शिव महिम्नाहा उत्सव’ समापनको तयारी हुँदै

तनहुँ । पर्यटकीय एवं धार्मिक नगरी तनहुँको बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको ‘शिव महिम्नाहा उत्सव’ एक कार्यक्रमका बीच भव्य रुपमा समापन गरिने तयारी भइरहेको छ ।

‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिको आयोजना सञ्चालन भइरहेको यस कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि ब्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानंद दामोदर बाबा रहने कार्यक्रम तय भएको छ । साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको छ ।

साथै मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्गदेवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिनधारे शिव ज्योतिर्लिङ्ग सम्मको बोलबम यात्राको समापन साउनको अन्तिम सोमवार २८ गते बिहान ११ बजे देखी सुरु हुने ‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिका अध्यक्ष किरण पोखरेलले बताए । उनका अनुसार समापनका अवसरमा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा गरिनेछ ।

सुरुवाती चरणमा नै हजारौँ भक्तजनको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आगन्तुकहरूले बताएका छन् । यस कार्यक्रमको प्रायोजन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ । बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्गदेवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था। तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।

यसैगरी भजन सहयोगीको रूपमा राधाकृष्ण सांस्कृतिक समूह गगनगौड़ा पोखरा, धर्म जागरण भजन समूह पुरन्चौर पोखरा, राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान तनहुँ, बेद अनुयायी भजन कीर्तन समूह तनहुँ र सिद्देश्वर भजन समूह ढुङ्गे साँघु पोखरा रहेका छन् ।

You might also like

Comments are closed.

Secret Link