हिमालय एअरलाइन्स्ले कुवेतमा उडान पुनःसुचारु गर्दै

काठमाडौं । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन : सञ्चालन गर्न लागेको हो ।

यसैगरी काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको बताइएको छ । सुरुवातमा, काठमाडौं–कुवेत–काठमाडौं हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने बताइएको छ । थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको जानकारी दिइएको छ ।

काठमाडौं–कुवेत उडान काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौं उडान, कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्नेछ । हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौं–कुवेत मार्गमा उडान पुनःस्थापना गर्ने लक्ष्यको प्रमाण हो ।

यात्रुको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर रहेको एअरलाइन्स्ले जनाएको छ । कुवेतको लागि बुकिङ अब खुला छ । यात्रुले हिमालय एअरलाइन्स् र कुवतेमा सिजर्स ट्राभल गु्रपको सेल्स अफिस वा नजिकैको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सकिनेछ वा हाम्रो वेबसाईट www.himalaya-airlines.com र मोबाइल एप्लिकेशन पनि प्रयोग गर्न सकिने बताइएको छ ।

 

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् ।

हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स् । एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, ३ एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् ।

एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर्् २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

सन् २०२० मा यसले आफ्नो स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवामा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बन्यो ।

हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, आईओएसए अपरेटरको रूपमा प्रमाणित र एलटिए सदस्य एअरलाइन्स्को रूपमा दर्ता भएको हिमालय एअरलाइन्स्् नेपालको पहिलो र एकमात्र एअरलाइन्स् होे ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स् जडान गर्ने नेपालकै पहिलो र एकमात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ । दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

You might also like

Comments are closed.

Secret Link