इनरुवा (सुनसरी) । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु ६ करोडभन्दा बढी राजस्व सङकलन भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु ६ करोड ६६ लाख ३० हजार ९९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले १४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा १९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट रु ६ करोड ६६ लाख ३० हजार ९९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिए । रासस




Comments are closed.