काठमाडौं । एनवाईईएफ काठमाडौं च्याप्टरले ऐस इन्टरनेशनल बिजनेस स्कुलमा आफ्नो फ्ल्यागशिप इभेन्ट युथ डे कार्यक्रम गरेको छ । भविष्यमा उद्यमी बन्न चाहने विद्यार्थीका लागि विभिन्न कलेजमा यस कार्यक्रम खुला गरिएकामा २० जना विद्यार्थी र १० जना अनुभवी मेन्टोरहरू सहभागी थिए ।
स्पीड मेन्टोरिङ सेसनको दौरान प्रत्येक सहभागीले एक–एक गरेर मेन्टोरहरूसँग अन्तक्र्रिया गर्ने मौका पाए, जसले उनीहरूको उद्यमशीलता यात्राका लागि महत्वपूर्ण ज्ञान र मार्गदर्शन प्रदान गरेको छ । इभेन्टमा सहभागी मिस मन्सी अग्रवालले अघिल्लो दशकमा उद्यमशीलताको विकासको बारेमा जानकारी गराइन् ।
आजको बजारमा कम्पनी र व्यक्तिगत ब्राण्डिङको महत्त्वलाई उनले उजागर गरेकी छन् । एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स नेपाल विजेता सुजित रेग्मीले विद्यार्थी उद्यमीबाट सफल व्यवसायी बन्ने आफ्नो यात्राबारे बताए । “क्लिकदेखि प्रगतिसम्म दिगो विकासका लागि युवा डिजिटल मार्गहरू” भन्ने उद्धेश्यले इभेन्ट आयोजना गरिएको हो ।
एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले युवालाई सहयोग गर्ने र साझा दृष्टिकोणको लागि सँगै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले एनवाईईएफ स्टार्टअप अवार्ड्स, एनवाईईएफ उद्यमशीलता सम्मेलन र उदीयमान नेताहरू जस्ता एनवाईईएफद्वारा आयोजना गरिएका विभिन्न प्रभावकारी इभेन्टको बारेमा पनि जानकारी गराएका छन् । सिद्धार्थ बैंकको मुख्य प्रायोजनमा यस इभेन्ट आयोजना गरिएको हो ।






Comments are closed.